सुदूरपश्चिम प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने

सुदूरपश्चिम प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने

धनगढी । सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम जेठ २२ गते प्रस्तुत हुने भएको छ । सोमबारदेखि शुरु भएको प्रदेशको दशौं अधिवेशनको पाँचौ वैठकमा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका बनाइएको हो ।

आइतबार बस्ने प्रदेश सभाको बैठकमा प्रदेशका प्रदेश प्रमुख देवराज जोशीद्धारा प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गरिने सभामुख अर्जुनबहादुर थापाले जानकारी दिए ।

बिहिबार बसेको बजेट अधिवेशनको चौथो बैठकमा सभामुख अर्जुनबहादुर थापाले जेठ २२ गते अपरान्ह ४ बजे प्रदेश प्रमुख जोशीले प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बारे सभामा जानकारी दिएका थिए ।

‘प्रदेशको नीति तथा कार्यक्रम जेठ २२ गते प्रदेश प्रमुखद्धारा प्रस्तुत हुने भएकाले उक्त समयसम्मका लागि यो अधिवेशन स्थगित भएको सभामा जानकारी गराउँछु’ सभामुख थापाले भने ।

चौथो बैठकमा प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले छलफलका लागि पेश गरेको विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो ।