माओवादीले छोड्यो काँग्रेसको साथ , कैलालीमा नागरिक उन्मुक्ति र एमाले संग मिलेर समन्वय समिति

माओवादीले छोड्यो काँग्रेसको साथ , कैलालीमा नागरिक उन्मुक्ति र एमाले संग मिलेर समन्वय समिति

धनगढी  । 
कैलालीमा माओवादीले काँग्रेसको साथ छोडेको छ । स्थानीय तह निर्वाचनपछि  माओवादीले मन बदलेको हो । स्थानीय तह निर्वाचनमा उसले काँग्रेस र नेकपा एकीकृत समाजवादीसंग तालमेल गरेको थियो । तर जिल्ला समन्वय समितिको निर्वाचनमा भने माओवादी एमाले र नागरिक उन्मुक्ति पार्टीबिच तालमेल हुनेभएको छ।
 
त्यसका लागि लिखित सहमति भएको एमाले कैलालीका उपाध्यक्ष दुर्गा जोशीले बताएका । ३० गते हुने जिसस कैलालीको निर्वाचनमा अध्यक्षसहित दुई सदस्य नागरिक उन्मुक्ति पार्टीलाई, उपाध्यक्षसहित २ सदस्य एमालेलाई र ४ सदस्य माओवादी केन्द्रलाई दिने सहमति भएको खबर प्राप्त भएको छ ।

माओवादी केन्द्र कैलालीका समन्वय समिति प्रमुख लाजुराम चौधरीले पनि सो सहमति भएको छन् । १३ स्थानीय तह रहेको कैलालीमा निर्वाचनका लागि २६ मतभार छ। जितका लागि भने १४ मतभार आवश्यक पर्छ। अब नागरिक उन्मुक्ति पार्टी, एमाले र माओवादीबीच सहमति भएसँगै उनीहरुको मतभार १६ पुग्ने भएको छ।

कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी संग ७, मत  एमाले ५ र माओवादीसित ४ मत छ। बिहीबारको बैठकमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य दामोदर पण्डित, माओवादी केन्द्रका जिल्ला इन्चार्ज हरि ज्ञवाली तथा एमाले उपाध्यक्ष दुर्गा जोशी उपस्थित  थिए।