डडेल्धुराको आलिताल गाउँपालिकाको प्रसासनिक भवनमा आगलागी

डडेल्धुराको आलिताल गाउँपालिकाको प्रसासनिक भवनमा आगलागी

डडेल्धुरा। डडेलधुराको आलिताल गाउँपालिकाको भवनमा आगलागी भएको छ। पालिकाको प्रसासनिक भवनको प्रसाशन कक्षमा आगलागी भएको हो।

पालिकाको प्रसासन कक्षको बाहिर राखिएको सोफा, भवनको सिलिङ, कोठा भित्रका केहि कागजात जलेको आलिताल प्रहरी चौकिका ईन्चार्ज भिमराज भट्टले बताए।

बाहिर राखिएको सुचना पार्टीमा समेत आगो लगेको छ। आगो कसरी लाग्यो भन्ने विषय खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

पालिका परिसरमा क्यान्टिन सञ्चालन गर्दै आएका दान बहादुर मडैले बिहान करिब ४ बजे तिर आगलागि भएको बताए।