मेयर बालेनले र प्रचण्ड बिच भेटवार्ता

मेयर बालेनले र प्रचण्ड बिच भेटवार्ता

काठमाडौं । 
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्। शनिबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर मेयर शाहले भेटवार्ता गरेका हुन्।

भेटमा प्रचण्डले बालेनको जित क्रान्ति भएको बताए। उनले जनताको समस्या समाधानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए। बालेनले पनि अबको राजनीति कता मोड्ने भन्ने विषयमा मुख्य भूमिका प्रचण्डकै रहने बताए। यसअघि शाहले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन्।