साइप्रसको कम्पनीले माग्यो नेपाली कामदार, सुविधा र मासिक तलब कति?

साइप्रसको कम्पनीले माग्यो नेपाली कामदार,  सुविधा  र मासिक तलब कति?

साइप्रसको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साइप्रसको पापोस सहरमा रहेको panimax recruitment ltd  कम्पनीले १६ जना नेपाली पुरुष कामदारको माग गरेको हो । 

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले खान बस्नेतसहित तलब एक लाख ३२ हजार बढि पाउनेछ । इच्छुक कामदारले हेल्प ओभर्सिस प्रालिको कार्यालय नयाँ बाटो चोक ललितपुरमा जेठ २९ र ३० गते  अन्तरवार्ता दिनु पर्ने छ ।  

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।