आज सुदूरपश्चिम प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

आज सुदूरपश्चिम प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउने भएको छ।आइतबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख देवराज जोशीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रदेशसभा सचिव देव बहादुर बोगटीले जानकारी दिए। 

देश सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो।  यसअघि प्रदेश सरकारले विनियोजन विधेयक २०७९ अनुसार २७ बुँदे सिद्धान्त र प्राथमिकता पारित गरिएको सचिव बोगटीले बताए।