निति तथा कार्यक्रम : सुदूरपश्चिम प्रदेश सरकारले यी तिन ठाउँमा डायलासिस सेवा संचालन गर्ने

निति तथा कार्यक्रम : सुदूरपश्चिम प्रदेश सरकारले यी तिन ठाउँमा डायलासिस सेवा संचालन गर्ने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा प्रदेशका तिन ठाउँमा डायलासिस सेवा संचालन गर्ने जनाएको छ । प्रदेश सरकारले टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने भएको हो ।

आईतबार प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेशका टीकापुर, महाकाली र डोटी अस्पतालमा डायलासिस सेवा संचालन गर्ने बताएका छन् ।