चितवनमा नयाँ प्रजातिको चरा भेटियो

चितवनमा नयाँ प्रजातिको चरा भेटियो

चितवन : चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ वाग्मती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा नयाँ प्रजातिको चरा भेटिएको हो ।

६ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहका सदस्य राजु तामाङले नयाँ प्रजातिको चराको तस्बिर लिनुभएको थियो । नयाँ चरा भेटिएपछि थप अध्ययनका लागि चराविज्ञ डा. हेमसागर बरालसहितको समूह चितवन पुगेको थियो ।

विज्ञहरूले यो चरा चाइनिज पोण्ड हेरोन भएको बताएका छन् । यो चरा चीन, भारत, हङ्कङलगायत देशमा पाइन्छ । फिरन्तेका रूपमा यो चरा नेपाल आएको हुनसक्ने अनुमान छ । यो चरा लजालु स्वभावको छ । यससँगै नेपालमा चराको प्रजाति सङ्ख्या ८ सय ९१ पुगेको छ ।

चितवनमा मात्रै ६ सय ५० प्रजातिका चरा रहेको पाइएको छ ।