सुदूरपश्चिम प्रदेशबाटै पुनः श्रम स्वीकृति लिन थाले पछि सजिलो भएको युवाहरुको भनाइ

सुदूरपश्चिम प्रदेशबाटै पुनः श्रम स्वीकृति लिन थाले पछि  सजिलो भएको युवाहरुको भनाइ

नेपाल सरकारले प्रदेशस्तर बाटै बैदेशिक रोजगारीमा जानेहरुका लागि पुनः श्रम स्वीकृति दिने प्रावधान शुरु गरेपछि सुदूरपश्चिम प्रदेशबाट बैदेशिक रोजगारीमा जानेहरुका लागि सजिलो भएको छ ।

प्रदेशको राजधानी धनगढीमा रहेको श्रम तथा रोजगार कार्यालयबाट पुनः श्रम स्वीकृति दिने काम हुन थालेको छ ।संघीय राजधानी बाट पाउने सुबिधा प्रदेश बाट पाउदा आफुलाई सजिलो भएको उनीहरुले बताएका छन ।

सुदुरपश्चिम प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि वैदेशिक रोजगारीमा जाने युवालाई सजिलो भएको छ । गत माघ ११ गते स्थापना भएको धनगढीस्थित श्रम तथा रोजगार कार्यालयको श्रम डेस्कबाट दुई महिनाको ५ सय ६ जनाले सेवा लिइसकेका छन् ।

जसमध्ये ७ जना महिला र ४ सय ९९ जना पुरुषले अहिले सम्म पुनः श्रम स्वीकृति लिइसकेको कार्यालयका निमित्त प्रमुख जयदेव विष्टले बताउनुभयो । प्रदेशमा श्रमसम्बन्धी सेवा दिने श्रम तथा रोजगार कार्यालयमा भने कर्मचारीको अभाव रहेको छ ।

१४ जनाको दरबन्दी भएको कार्यालयमा सात जना मात्रै कार्यरत रहेका छन् । कार्यालयका मुख्य पद खाली रहेका छन् । अहिले कार्यालय प्रमुख उपसचिव, अधिकृत र एकजना नायब सुब्बाको पद रिक्त रहेको छ । कर्मचारीको अभावले गर्दा आफुहरुले चाहे जस्तो सेवा दिन नसकेको निमित्त प्रमुख विष्टले बताउनुभयो ।

प्रदेशबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि विदेश जानेहरु पनि खुशी भएका छन् । बिहान घरमै खाना खाएर आएर सजिलै काम गर्न पाइएको मा आफु खुशी भएको मलेसिया जान पुनःश्रम स्वीकृति लिन आउनु भएका कैलालीको गौरीगंगा नगरपालिका ९ घर भएका जनकराज जोशीले बताउनुभयो ।

काठमाण्डु जाँदा यातायात तथा खाना खर्चका साथै समय पनि धेरै लाग्ने गरेको मा हाल आफ्नै प्रदेशमा सेवालिन पाउँदा खुशी भएको उहाँले बताउनुभयो । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला बाट सबै भन्दा कम र सबै भन्दा बढी कैलाली र कञ्चनपुर बाट पुन  : श्रम स्वीकृति लिनेको सख्या रहेको छ ।