धनगढीमा नेपाल वेस्टर्न कलेजको व्याक्तित्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

धनगढीमा नेपाल वेस्टर्न कलेजको व्याक्तित्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

धनगढी  । शुक्रवार धनगढीमा नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजले विद्यार्थीलाई  व्यक्तित्व विकास सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विद्यार्थीहरूलाई व्यक्तित्व विकासका साथै प्रस्तुतीकरण, दैनिकी लेखन, अन्तर्वार्ताका विधि, आत्मनिर्भर जस्ता विषयमा प्रशिक्षण दिइएको हो । 

दुई दिने प्रशिक्षण प्रमुख गौर किशोर देले प्रशिक्षण दिएका थिए । त्यस्तै कार्यक्रममा कान्तिपुर म्यानेजमेन्टका जर्नल म्यानेजर मृत्युञ्जय कुमार समेतको उपस्थिति रहेको थियो । 

विद्यार्थी र शिक्षकको सहभागितामा उनीहरूको क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको नेपाल वेस्टर्न कलेजका शैक्षिक प्रबन्धक भीम चौधरीले जानकारी दिए ।  आउँदो दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रबन्धक चौधरीको भनाइ रहेको छ । 

नेपाल वेस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ कलेजले विभिन्न समयमा मिनी म्याराथन, शान्ति र्‍याली, रक्तदान कार्यक्रम लगायतका अन्य सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।