भाट भटेनि सुपर स्टोर अगाडी सवारीको चाप : सडकमा पार्किङ गरे कारबाहि

भाट भटेनि सुपर स्टोर अगाडी सवारीको चाप : सडकमा पार्किङ गरे कारबाहि

कैलाली जिल्लाको धनगढी उप - महानगरपालिका वडा नं.३ मा रहेको भाट भटेनि सुपर स्टोर सेवा सुचारु हुदाँ सेवा ग्राहिहरुले प्रयोग गर्ने सवारी साधनहरु मोहना अत्तरिया ६ लेनको मुख्य सडकमा नै पार्किङ गरि राखेकोले सवारी दुर्घटनाको उच्च जोखिम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलाली ले जनाएको छ । 
मुख्य सडकमा नै पार्किङका कारण सवारी आवागमनमा बाधा हुनुका साथै सवारी दुर्घटनाको उच्च जोखिम रहेकोले सेवा ग्राहिले प्रयोग गर्ने मो.सा.कार अटो तथा ई - रिक्सा लगायत अन्य सवारी साधनहरुलाई उक्त शाखाले तोकिएको स्थानमा पार्किङ गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले सेवा ग्राहिहरुलाई अनुरोध गरेको छ । यस बारे कार्यालयले उक्त शाखालाई पत्राचार समेत गरिसकेको छ । 
साथै अवोप्रान्त उक्त शाखामा जाने सर्बसाधरणले प्रयोग गर्ने सवारी साधनहरु मोहना अत्तरिया ६ लेन सडक खण्डमा नै पार्किङ गरी राखेको पाइएमा कडा भन्दा कडा कारबाहि हुने   समेत ट्राफिक प्रहरी कार्यालय कैलाली जनाएको छ ।