जिप पल्टिँदा एकको मृत्यु, पाँच जना घाइते

जिप पल्टिँदा एकको मृत्यु, पाँच जना घाइते

सल्यानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच यात्रु घाइते भएका छन्।

दुर्घटनाका घाइतेमध्य जिल्लाको वनगाँड कुपेन्डे नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय मोतिलाल बुढाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।

दुर्घटनामा परेर वनडाँड ४ का ५७ वर्षीय मने बुढा, ६९ को सहदेव बुढा, ५० बर्षीय चित्रबहादुर बुढा, १० वर्षीया हरिमाया बुढाथोकी र १५ वर्षीय गोपाल बुढा घाइते छन्।घाइते सबैको उपचार सल्यानमा भइरहेको प्रहरीले जनाएको छ।

शनिबार बेलुकी साढे ८ बजेतिर कुपेन्ड–४ को देउलीबाट डोक्चेतर्फ फर्किने क्रममा भे १ ज १०२१ नम्बरको जिप दुर्घटनामा परेको थियो।जिप अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ।

चालक तथा जिपका मालिक स्थानीय उदय बुढा फरार छन्।