एन्फाको चुनाव आज : शेर्पा र नेम्वाङबीच प्रतिस्पर्धा

एन्फाको चुनाव आज : शेर्पा र नेम्वाङबीच प्रतिस्पर्धा

अखिल नेपाल फुटबल सङ्घ एन्फाको नयाँ नेतृत्व चयनका लागि आज चुनाव हुँदैछ । बूढानीलकण्ठको एक रिसोर्टमा हुने साधारण सभाले आउँदाे चार वर्षको कार्यकालका लागि नेतृत्व चयन गर्नेछ  ।

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङ प्यानलसहित नै प्रतिस्पर्धामा छन् भने राजीव पौडेल स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । चुनावमा शेर्पा र नेम्वाङबीच नै मुख्य प्रतिस्पर्धा हुनेछ ।

सधारण सभाले १ अध्यक्ष, १ वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र २ महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ । अध्यक्षमा ३, वरिष्ठ उपाध्यक्षमा २, उपाध्यक्षमा ४, महिला सदस्यमा ५ र सदस्यमा ३६ जना गरी कुल ५० जनाको उम्मेदवारी परेको छ ।

१५ सदस्यमध्ये १३ जना खुल्ला र २ जना महिला सदस्यका लागि पनि दुवै प्यानलबाट उम्मेदवार छन् । चुनावमा ८४ जनाले आफ्नो मताधिकार प्रयोग गर्न पाउने छन् ।