एन्फाको अध्यक्षमा नेम्वाङ निर्वाचित

एन्फाको अध्यक्षमा नेम्वाङ निर्वाचित

अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकज विक्रम नेम्वाङ  निर्वाचित भएका छन् ।

बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सोमवार भएको एन्फाको २१औं केन्द्रीय कार्यसमितिको साधरणसभाबाट निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ आगामी चार वर्षको कार्यकालका निर्वाचित भएका हुन् ।

नेम्वाङले ४५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी शेर्पाले ३९ मत पाए । कुल ८४ मत खस्दा स्वतन्त्र उमेदवार राजीव राज पौड्यालले एक मत पनि प्राप्त गरेनन् ।

अध्यक्षमा निर्वाचित भएसँगै अध्यक्ष नेम्वाङले तत्कालको लागि एन्फा र जिल्ला, एन्फा र खेलाडी तथा फिफा र एएफसी सम्बन्ध अझै सुमधुर बनाउँदै लैजाने बताए ।