यी हुन्, धनगढी उप-महानगरपालिकाको नीति तथा कार्यक्रमका प्राथमिकताका क्षेत्र

यी हुन्, धनगढी उप-महानगरपालिकाको नीति तथा कार्यक्रमका प्राथमिकताका क्षेत्र

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढीको नीति तथा कार्यक्रमसार्वजनिक गरेको छ । नगर प्रमुख गोपाल हमालले नगर सभाको आठौं अधिवेशनमा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम पारित समेत भएको छ । 

धनगढी उपमहानगरपालिकाले ‘हाम्रो धनगढीः हामी बनाउँछौं’ भन्ने अभियानलाई महाअभियानका रुपमा मनाउने भएको छ । कार्यकालको प्रारम्भमै ‘हाम्रो धनगढीः हामी बनाउँछौं’ भन्ने अभियान शुरु गरेका नगर प्रमुख गोपाल हमालले कार्यकाललाई महाभियानका रुपमा मनाउने भनी मंगलबार प्रस्तुत नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन ।

‘नगरको एकीकृत, सन्तुलित, दिगो र योजनावद्ध विकासका लागि मध्यकालीन खर्च संरचना, लैंगिक उत्तरदायी बजेट र दिगो विकासका लक्ष्य स्थानीयकरण सहितको पहिलो पञ्चवर्षीय आवधिक योजना (२०७९/०८०–२०८३/०८४) तर्जुमा गरी कार्यान्वयनमा ल्याइने छ’ नीति तथा कार्यक्रममा भनिएको छ । आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरे । ‘अतिक्रमण व्यवस्थापन तथा व्यवस्थित वस्ती विकासलाई प्राथमिकता राखी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

नगर प्रमुख हमालले आर्थिक वर्ष २०७८/७९ मा प्रस्तुत नीति तथा कार्यक्रमका क्षेत्रलाई प्राथमिकता राखेर प्रस्तुत गरे । ‘जनस्वास्थ्य, सरसफाई तथा मानव सामर्थ्य विस्तार, कृषि तथा पशुपन्छी उत्पादन, उत्पादकत्व अभिवृद्धि, बजारीकरण, तथा व्यवसायीकरण, गुणस्तरीय शिक्षा, युवा, खेलकुद तथा रोजगारी, प्रतिफलदायी दिगो पूर्वाधार निर्माण तथा सन्तुलित विकास, आर्थिक विकास तथा राजश्व परिचालन, सूचना प्रविधि तथा सञ्चारमा विकास, उद्यम, स्वरोजगार र सहकारिताको विकास, प्रशासनिक पुनर्सरचना तथा संस्थागत सुशासन, भाषा, संस्कृति, कला, साहित्यको संरक्षण, प्रवद्र्धन र विकास, वन तथा वातावरण संरक्षण एवं सामुदायिक वनको दीगो प्रयोगलाई प्राथमिकतामा क्षेत्र रहने छन’ नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

‘उपमहानगर क्षेत्रभित्रका सरकारी, सार्वजनिक तथा पर्ती जग्गा अतिक्रमण गरी बनाइएको संरचनाहरु हटाई सार्वजनिक जग्गा संरक्षण गर्ने कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने छ’ नीति तथा कार्यक्रममा भनिएको छ –‘सार्वजनिक जग्गाहरूमा शौचालय, हरियालीसहितका क्याफ्टेरिया, पार्किङस्थल, बालमैत्री उद्यान, योगपार्क, ध्यान केन्द्र तथा ज्येष्ठ नागरिकमैत्री पार्कहरु र खुल्ला क्षेत्रहरुको रुपमा विकास गरिने कार्यलाई प्राथमिकताका साथ अघि बढाइने छ ।’ उपमहानगरपालिकाले रणनैतिक महत्वका परियोजनासहितका प्राथमिकता प्राप्त क्षेत्रको स्रोतको सुनिश्चितताका लागि ‘पुँजी लगानी योजना’ तयार गरि ‘परियोजना बैंक’मार्फत योजना तर्जुमा प्रक्रिया अघि बढाउने नीति लिएको छ ।

‘सार्वजनिक, नीजि, लाभग्राही साझेदारी’ लगायत विकास साझेदारी निकाय (एडीवी, नगर विकास कोष, विश्व बैंक, लगानी बोर्ड विकास, निफ्रा) जस्ता विकास निर्माणसँग आवद्ध निकायहरुको साझेदारीमा विकास आयोजनाहरु संचालन गर्ने नीतिलाई अवलम्बन गरिनेछ’ नगर प्रमुख हमालले भने । उपमहानगरपालिकाको सन्तुलित, दीगो र समतामुलक विकासका लागि नविन उपायहरूको खोज, अन्वेषण गर्ने अभिप्रायले शोध तथा अनुसन्धानमूलक कार्यलाई प्रोत्साहन दिनुका साथै योजनावद्ध, वैज्ञानिक, अर्थशास्त्री, समाजशास्त्री, मानवशास्त्री तथा भाषिक प्राज्ञ सहितको ‘नगर विज्ञ समुह गठन’ गरिने उनले बताए ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका सरसफाई वर्षका रुपमा मनाउने नीति लिएको छ । ‘स्वच्छ, स्वस्थ र हरित नगर’का  रुपमा विकसित गर्दै आगामी आर्थिक वर्षलाई सरसफाई वर्षका रुपमा मनाइने छ’ नीति तथा कार्यक्रममा भनिएको छ । उपमहानगरपालिकाले  एकीकृत कृषि रणनीति तयार गरि लागु गर्ने जनाएको छ । ‘कृषि पेसालाई सम्मानित, मर्यादित, प्रतिष्पर्धा र व्यवसायीक बनाउन कृषक वर्गीकरण आधारमा ‘व्यवसायिक कृषक पहिचान र परिचयपत्र’ को व्यवस्था गरिनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ ‘उन्नत विउ र आधुनिक कृषि औजारमा अनुदानको व्यवस्था गरी उत्पादकत्ममा बृद्धि गर्दै नगर क्षेत्रको दिगो आर्थिक विकास तथा खाद्य सुरक्षाको सुनिश्चितता गरिने छ । युवाहरुलाई कृषि व्यवसायतर्फ आर्कषक गर्दै स्वरोजगार सृजन गर्न युवा लक्षित कृषि कार्यक्रमहरु संचालन गरिनेछ ।’

उपमहानगरपालिकाले नगरमा शून्य लागत प्राङ्गारिक खेतीलाई प्रवद्र्धन गर्ने जनाएको छ । ‘जैविक खेतीलाई प्रोत्साहन गर्न गढ्यौला मल, जैविक मल उत्पादन र प्रयोग गर्न प्रोत्साहन गरिनेछ । साथै कृषि उत्पादनमा प्राङ्गारिक मलको प्रयोग गरि उत्पादन गर्ने कार्यलाई बढावा दिइने छ’ नगर प्रमुख हमालले भने । उनले किसानहरुलाई बैंकिङ सेवासँग आवद्ध गरि सहज र सुलभ कृषि ऋण उपलब्ध गराउन पहल गरिने बताए । ‘कृषक समुहहरुलाई व्यवस्थित गर्न एक जना कृषकले एक समुहमा मात्र बस्न पाउने र कृषक समुहले स्थायी लेखा नम्बर लिने व्यवस्था गरिने छ’ नीति तथा कार्यक्रममा छ । 

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षबाट राष्ट्रिय स्तरको म्याराथन प्रतियोगिता संचालन गर्ने नगर प्रमुख हमालले बताए । ‘राष्ट्रिय आविष्कार केन्द्र तथा स्थानीय स्तरमा रहेका नवप्रवद्र्धनशील संस्थाहरुको सहकार्यमा नगर क्षेत्रभित्र रहेका प्रतिभाहरुको खोज, पहिचान एवं विकास गरी त्यस्ता प्रतिभाहरूलाई प्रस्फुटन गर्ने कार्यमा आवश्यक सहकार्य गर्ने नीति लिइनेछ’ नीति तथा कार्यक्रममा भनिएको छ –‘युवा तथा खेलकुदलाई प्रवद्र्धन गर्न ‘एक वडा एक खेलमैदान’ निर्माण गरिने छ । साथै नगर स्तरमा संचालन हुने खेलकुद कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन तथा व्यवस्थापन गर्न नगर खेलकुद विकास समितिलाई व्यवस्थित गर्दै लगिनेछ । राष्ट्रिय÷अन्तराष्ट्रिय रुपमा नगरको गौरव अभिवृद्धि गर्ने खेलाडीलाई नगरले उचित सम्मान गर्ने व्यवस्था गरिने छ ।’

उपमहानगरपालिका हरेक वडामा मासिक रुपमा विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक संचालन गरि ‘घरमा चिकित्सक’ कार्यक्रममार्फत विशेषज्ञ सेवालाई नागरिकको घरदैलोमा पुर्याउने जनाएको छ । उपमहानगरपालिकाले आधारभूत तहमा अध्ययनरत बालबालिकालाई चिकित्सा जाँच गर्ने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । ‘घरमा प्रस्तुती होइन’ कार्यक्रममार्फत नगर क्षेत्रलाई शतप्रतिशत संस्थागत सुत्केरी भएको सुनिश्चितता गर्ने जनाएको छ । उपमहानगरपालिकाले कोभिड स्वाव संकलन केन्द्रलाई स्वास्थ्य केन्द्रका रुपमा विकास गर्ने भएको छ । ‘स्वास्थ्य केन्द्रमा निःशुल्क रुपमा क्षयरोगका लागि खकार परिक्षण, औलो परिक्षण, सुगर जाँच, मृगौला बचाऔं अन्र्तगत पिसावमा प्रोटिन जाँच, रक्तजाँच, सिकलसेल परिक्षण जस्ता सेवालाई विस्तार गर्दै लगिने छ ।