केएमसीमा अध्ययनरत  बिद्यार्थीले गरे मिनालाई सहयोग

केएमसीमा अध्ययनरत  बिद्यार्थीले गरे मिनालाई सहयोग

धनगढी : कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीयाकी ‘ब्लड क्यान्सर’ पीडित मिना बमलाई पछिल्लो समय यता आर्थीक सहयोग जुट्दै गएको छ ।

 उनलाई ब्लड क्यान्सर रोग लागेको २ वर्ष भएको छ । भर्खरै १९ वर्ष भएकी मिनाको लगातार १ वर्ष देखी उपचार हुदै आए पनि भएको सबै सम्पती सकिएपछि अहिले उनको स्वास्थ्य कमजोर बन्दै गएको हो ।

पीडित बमलाई कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत बिएसडब्लू दोस्रो बर्षका बिद्यार्थिहरुले आफ्नो एक दिनको खाजा खर्च कटाएर उनको घरमै गएर १८ हजार रुपैयाँ सहयोग गरेका हुन् ।

होलीको समयमा  बिशेष कार्यक्रम र मिना बचाउ अभियान सञ्चालन गरी जम्मा भएको रकम मंगलबार मिनालाई हस्तान्तरण गरेका हुन ।

यो सगै मिनालाई बिभिन्न ठाउबाट सहयोगी मनहरु जुट्दै गएका छन । बिभिन्न ठाउबाट सहयोग जुट्दै गएपछि उनलाई थप उपचारका लागी चितवनको भरतपुर क्यान्सर अस्पताल लगीएको परीवार सा्रेतले जनाएको छ ।

मिनाले आफुलाई बाचाइ दिनु हुन समेत आग्रह गरेकी छन । भर्खरै १९ वर्ष पुगेकी मिनाले आफुले धेरै काम गर्न वाँकी रहेको र जिवनमा केही गरेर देखाउने अठोट भएकाले आफुलाई वचाइदिन सवैलाई आग्रह गर्नु भएको छ।

मिनालाई सहयोग गर्न चाहाना राख्नुहुने सम्पुर्णले एभरेस्ट बैकमा रहेको मिना बमकी आमा शारदा देवी बमको खाता नं. ०६८००५०१२००५६० मा रकम जम्मा गर्न सक्नु हुनेछ ।