अफगानिस्तानमा गएकाे भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गयाे, कयाैँ घाइते

एजेन्सी    

अफगानिस्तानमा गएकाे भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गयाे, कयाैँ घाइते

अफगानिस्तानको पक्तिका प्रान्तमा गएको भूकम्पमा परेर २ सय ५० जनाको ज्यान गएको छ । कयौँ नागरिक घाइते भएका छन् । मानिसको उद्धार र व्यवस्थापनको काम भैरहेको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार बिहान ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट झण्डै ४४ किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको छ ।

भूकम्पको गहिराइ ५१ किलोमिटर छ ।  यो भूकम्पको धक्का अफगानिस्तानसहित पाकिस्तान र भारतको पाँचसय किलोमिटर धेरै क्षेत्रमा महसुस गरिएको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

अफगानिस्तान सरकारका प्रवक्ता बिलाल करीमीले तत्काल उद्धार, राहत तथा थप प्रकोप रोक्नका लागि आवश्यक टोली परिचालन भएको बताउनुभएको छ ।

unn.prixa.net

 



बुधबार ०८, असार २०७९ ११:५९ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस