धनगढीमा पूर्वाधार विकास मन्त्रालयको सहित अन्य सरकारी गाडीका चावी नियन्त्रणमा

धनगढीमा पूर्वाधार विकास मन्त्रालयको सहित अन्य सरकारी गाडीका चावी नियन्त्रणमा

धनगढी : दैनिक उपभोग्य बस्तु  र पेट्रोलियम पदार्थको मूल्य  मंहगिएको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ र अनेरास्वयूले कैलालीको धनगढीमा विरोध प्रदर्शन गरिरहेको छ। कार्यकर्ताहरुले आज धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरिरहेका छन्।

धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गरी ५ ओटा गाडि र ३५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी संयोजक अविशेक नाथले बताए। 

युवाहरूले सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई रोकेर चाबी खोसिदिएका छन्। नियन्त्रणमा लिइएका सवारीसाधन ५ बजेपछि मात्र छाडिने उनले बताए।