चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

सीटी सफारी चार्ज गर्ने क्रममा करेन्ट लागेर विराटनगर महानगरपालिका–१२ बखरीमा बुधबार दिउँसो एक जना महिलाको मृत्यु भएको छ।

विराटनगर–१२ की ३३ वर्षिया सुनीता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार को १ ह ३०३ नम्बरको सफारी चार्जमा लगाउने क्रममा दिउँसो २ बजेतिर करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन्।

उपचारका लागि कोसी अस्पताल ल्याउनसाथ चिकित्सकले मृत घोषित गरेको श्रेष्ठको भनाइ छ। पोस्टमार्टमका लागि मृतकको शव कोसी अस्पतालमै राखिएको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।