५ देखि ११ वर्षसम्मका बालबालिकालाई आज फाइजर खोप दिइँदै

५ देखि ११ वर्षसम्मका बालबालिकालाई आज फाइजर खोप दिइँदै

सरकारले आजदेखि २७ जिल्लामा पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड-१९ विरुद्धको खोप दिँदैछ । खोप कार्यक्रम विद्यालयबाट नै सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

२७ जिल्लाका बालबालिकालाई आजदेखि १५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने जनाइएको छ । बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइनेछ । यो उमेर समूहका बालबालिकालाई दिन लागिएको फाइजर बायोएन्टेक खोप ९९ प्रतिशत प्रभावकारी र सुरक्षित रहेको परिवार कल्याण महाशाखाले जनाएको छ ।

यी हुन् आजदेखि खोप दिइने २७ जिल्ला
प्रदेश-१ – झापा, इलाम मोरङ, सुनसरी
मधेस प्रदेश – सप्तरी, धनुषा, पर्सा, सिराहा, महोत्तरी
वाग्मती प्रदेश- काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, चितवन, सिन्धुली, मकवानपुर
गण्डकी प्रदेश – कास्की, नवलपरासी पूर्व
लुम्बिनी प्रदेश – नवलपरासी पश्चिम,रुपन्देही, बाँके दाङ, बर्दिया
कणर्ाली प्रदेश – सुर्खेत
सुदूरपश्चिम प्रदेश – कैलाली कञ्चनपुर र डडेलधुरा