धनगढीमा आजबाट खुला फुटसल प्रतियोगिता सुरु

धनगढीमा  आजबाट खुला फुटसल प्रतियोगिता सुरु

धनगढी : कैलालीको धनगढीमा आज बाट पोष्ट एस ईई खुला फुटसल प्रतियोगिता भइ रहेको छ । फ्लयाट ल्याडको खेल मैदानमा भईरहेको खेलको आयोजना सिसिएस स्कुल कक्षा १२ का विद्यार्थी ले गरेका हुन । 

दुई दिन चल्ने यस प्रतियोगितामा आयोजक सहित २२ टिमको सहभागिता रहने छ जसमा धनगढीबाट स्टार प्राली, साइमा एजुकेशन, अरिस्टो बोर्डिङ र सिसिएस स्कुल अन्य टिमको सहभागिता रहेको छ ।

त्यसैगरी अत्तरियाबाट प्लानेट भिटि सहभागि छ । 

यो प्रतियोतिता ९ र १० गते सम्म चल्ने छ भने पहिलो चरणको खेलहरु १५ ।१५ मिनेट गरी ३० मिनेटको खेलाई रहेको आयोजकले जनाएको  छ। दोस्रो चरणको खेल भोलीअसार १०  शुक्रबार हुने आयोजकले जानकारी दिएको छ ।  

 

 

Open photo