बूढानीलकण्ठमा महिलाको शव फेला, एक जना पक्राउ

बूढानीलकण्ठमा महिलाको शव फेला, एक जना पक्राउ

काठमाडौंको बूढानीलकण्ठमा एक जना महिलाको शव फेला परेको छ ।

बूढानीलकण्ठ नगरपालिका–३ की फुलमाया सुनार नगरपालिकाकै वडानम्बर–८ स्थित भंगालमा मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।

महिलाले लगाएको भित्री बस्त्रसमेत च्यातिएकोले घटना शंकास्पद रहेको प्रहरीको भनाइ छ । घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्रेको छ ।