माओवादीको छलाङ देखेर कोही आत्तिएका छन् : प्रचण्ड

धनगढी खबर    

माओवादीको छलाङ देखेर कोही आत्तिएका छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रदेश र संघको चुनावमा कम्युनिष्ट दलमध्ये माओवादी पहिलो शक्ति हुने सम्भावना रहेको बताएका छन ।

स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले लेफ्ट भित्रको पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने ठोकुवा गरे ।

लेफ्ट भित्रको पहिलो शक्तिमा बदल्न सबैले आ–आफ्नो क्षेत्रबाट मेहनत गर्नुपर्ने प्रचण्डले बताए । उहाँले भन्नुभयो, ‘हामीले यो ४÷५ महिना दुःख गरेर संगठन बनाएर जनताको घर–घरमा पुगेर टोल टोलमा पुगेर काम गरौँ । प्रचार प्रसार संगठन सुदृढीकरणमा लागौं ।

मैले के देखेको छु भने आउने चुनावमा देशको दोस्रो पार्टी लेफ्ट भित्रबाट पहिलो हुने सम्भावना देखेको छुँ’ प्रचण्डले भने, ‘२०६४ सालमा धेरै ठाउँमा हामीले जितेको हो ।

माओवादी केन्द्रले जनताको भावना अनुसार काम गरेको बताउँदै प्रचण्डले ससाना हल्लाका पछि नलाग्न कार्यकर्तालाई सुझाव दिनुभयो । माओवादीको छलाङ देखेर केही दल आत्तिएको  दाबी गरेका छन ।



बिहिबार ०९, असार २०७९ ०३:१२ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस