र्‍याप ब्याटल शो 'ब्याटल भूमि'को औपचारिक घोषणा

र्‍याप ब्याटल शो 'ब्याटल भूमि'को औपचारिक घोषणा

र्‍याप रियालिटी शो  ‘नेपहपको श्रीपेच’ पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भइसकेको छ । दर्शकले उक्त शोलाई अत्यधिक मन पराएसँगै चौतर्फी रूपमा चर्चा पनि कमाएको छ । यसलाई मध्यनजर गर्दै उक्त टिमले पुनस् नयाँ शोको घोषणा गरेका छन् । बुधवार एक कार्यक्रमका बिच र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा गरिएको हो ।

‘ब्याटल भुमी’ नाम दिइएको शोमा भाग लिन चाहनेले डिजिटल अडिसन मार्फत सहभागी हुन सक्नेछन् । २२ जुन ९आज० बेलुका ५ बजे देखी २ जुलाईसम्म अडिसन खुल्ला रहने निर्माण पक्षले जनाएको छ । सहभागिता जनाउन चाहनेले नेपाल र्‍यापको वेबसाइटबाट डिजिटल अडिसन दिन सक्नेछन् । डिजिटल अडिसनका लागी सहभागीले म्युजिक बिटमा १ मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्नेछ ।

सुदिप पोखरेल र रोशन श्रेष्ठ कार्यकारी निर्माता रहेका उक्त कार्यक्रम निकेश खड्काले निर्देशन गर्नेछन् ।  ‘ब्याटल भुमी’मा जजको रूपमा मानस घले, कवि जी रहेका छन् भने अर्का एक जजको घोषणा गरिनेछ । श्रावणबाट ओ।एस।आर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रसारण हुने शोमा विजेताले पाँच लाख पुरस्कार र वर्ल्ड टुर गर्न पाउने बताइएको छ ।