बाजुराको बूढीगङ्गा चुनाब असार २३ मा हुने : उम्मेदवारलाई भोट माग्न तछाड मछाड

बाजुराको बूढीगङ्गा चुनाब असार २३ मा हुने :  उम्मेदवारलाई भोट माग्न तछाड मछाड

बाजुराको बूढीगङ्गा नगरपालिकाका उम्मेरदवार तथा कार्यकर्ता भोट माग्न्  तछाड मछाड परेको छ ।

देशभर गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन सकिए पनि  बाजुराको बुढीगङ्गा नगरपालिकामा भने निनर्वाचानमा  धाँधली भएको भन्दै असार २३ गते पुनः निर्वाचन हुने भएपछि उम्मेदवारलाई चुनावी पिरलो परेको छ । 

यस  नगरपालिकाका विभिन्न राजनीतिक दलहरुले गाउँ गाउँमा आफ्नो चुनावी अभियानमा तीव्रता दिएका छन् । यतिबेला नेपाली कांग्रेस, नेकपा (एमाले) पार्टीका उम्मेदवार जनताका घरदैलोमा पुगेर विभिन्न आश्वासन दिदैँ मतदातासँग मत माग्न व्यस्त भएका छन् । 

त्यस्तै नगरपालिकामा कांग्रेसबाट नगरप्रमुखमा रङ्गबहादुर खाती उपप्रमुखमा रिता शाही, एमालेबाट प्रमुखमा रामबहादुर बाँनिया र उपप्रमुखमा माया कुँवर उम्मेदवार रहेका छन् । 

राजनीतिक दलहरुले पालिकाको समग्र विकासलाई पहिलो एजेण्डा बनाएर सोहीअनुसार घरदैलोमा पुगेर मतदातासँग मत मागि रहेका छन् । असार २३ गते हुने स्थानीय तहको निर्वाचनमा बुढीगङ्गा नगरपालिमा १३ हजार ६५९ जना मतदाताले मतदान गर्नेछन् । 

बुढीगङ्गा नगरपालिमा हुने निर्वाचनका लागि १० वटा मतदान स्थल, १९ वटा उपमतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए ।