एसीसी महिला च्याम्पियनसिप : नेपाल र युएई भिड्दै

एसीसी महिला च्याम्पियनसिप : नेपाल र युएई भिड्दै

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा आज नेपालले बलियो टोली युएईको सामना गर्दैछ।

मलेसियाको किनरारा ओभलमा नेपाल र युएईबीचको खेल बिहान ८ः१५ बजे सुरु हुनेछ। नेपाल युएईलाई हराउँदै फाइनल पुग्न चाहन्छ। युएई पनि नेपाललाई हराएर फाइनल पुग्न चाहन्छ।

आजै हुने अर्को सेमिफाइनलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ। च्याम्पियनसिपको फाइनल शनिबार हुनेछ। फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछन्।

नेपाल र युएईबीच यस अघि ३ पटक प्रतिस्पर्धा भएको छ। जसमा दुई खेल नेपाल र एक खेल युएईले जितेको छ।