राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा मुकुल ढकाल

धनगढी खबर    

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन्। असार ७ मा रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् । 

२१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ । असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दल दर्ता हुन भने बाँकी नै छ



शुक्रबार १०, असार २०७९ ०८:४४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस