कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर डोज

धनगढी खबर    

कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर डोज

दार्चुलाका कैदीबन्दीलाई कोरोनाविरुद्धको बुस्टर डोज दिइएको छ। जिल्ला कारागार दार्चुलामा रहेका कैदीबन्दीलाई कारागारभित्रै कोरोना भाइरसविरुद्धको बुस्टर जोड खोप दिइएको हो।

कोरोना खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप दिइएको जिल्ला कारागार दार्चुलाका निमित्त जेलर रामराज पन्तले बताए। कारागारका २९ जना कैदीबन्दी तथा दुई जना कर्मचारीलाई कोरोनाविरुद्धको खोप लगाइएको बताइएको छ। 



शुक्रबार १०, असार २०७९ ०८:५७ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस