इन्धनमा कर हटाउन शेखर कोइरालाको सुझाव

इन्धनमा कर हटाउन शेखर कोइरालाको सुझाव

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अन्तर्राष्ट्रिय मूल्य नघटेसम्मका लागि पेट्रोलियम पदार्थमा २६ रुपैयाँ ६२ पैसा कर कटौती गर्न सरकारलाई सुझाव दिएका छन्।

पेट्रोलियम पदार्थमा लाग्ने पूर्वाधार कर १०, सडक मर्मत कर ४ र भन्सार र प्रज्ञापन शुल्क २५.२३ को आधा  १२.६२ गरी २६ रुपैयाँ ६२ पैसा कर कटौती गर्न उनको सुझाव छ।

कोइरालाले जनतालाई महँगीको चपेटाबाट बचाउन र आर्थिक गतिविधि चलायमान बनाइराख्न इन्धनको कर घटाउन सुझाव दिएका हुन्।

हेर्नुहोस् कोइरालाको ट्वीट

Dr Shekhar Koirala

@Shekharnc

·

Follow

जनतालाई महंगीको चपेटावाट बचाउन र आर्थिक गतिविधि गतिशिल बनाई राख्न सरकारले पेट्रोलियम पदार्थको मुल्यमा लाग्ने पुर्वाधार कर रु१०, सडक मर्मत कर रु४ र भंसार र प्रज्ञापन शुल्क रु२५.२३ को आधा रु१२.६२ गरि जम्मा रु २६.६२ प्रति लिटर अन्तराष्ट्रिय बजारमा मुल्य नघटदा सम्म नलिने निर्णय गरोस।

8:22 AM · Jun 24, 2022