लोक गायिका दिलमाया सुनार मृत फेला

लोक गायिका दिलमाया सुनार मृत फेला

लोक गायिका दिलमाया सुनार आफ्नो डेरामा मृत फेला परेकी छन्। सुर्खेत स्थायी घर भएकी ३० वर्षीय सुनार शनिबार काठमाडौं त आफ्नो डेरामा मृत फेला परेकी हुन्। 

घटनाको अनुसन्धानको क्रममा प्रहरी वृत्त बालाजुले एक जनालाई नियन्त्रणमा लिएको छ। शनिबार बिहान सुनारको कोठामा पुगेका व्यक्तिलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको हो। 

लामो समयदेखि लोक संगीतमा सक्रिय सुनारका केही गीत सार्वजनिक छन् भने उनी लाइभ दोहोरीबाट लोकप्रिय भएकी थिइन्। सुनारको गत वर्ष सार्वजनिक भएको देउसी भैलो गीत धेरैले मन पराएका थिए। 

सुनारले शुक्रबार राती आफ्नो फेसबुकमा केही रोइरहेको टिकटक सहित लामो भावुक स्टाटस पनि लेखेकी थिइन्। आफ्नी आमा, दिदी बहिनी, छोरालाई सम्झिँदै माफी मागेकी थिइन्। साथै आफूसँग पैसा नभएकाले आफ्नो पोस्टमार्टम पनि नगर्न उनले अनुरोध पनि गरेकी थिइन्। यो आत्महत्या हो की हत्या भन्ने विषयमा भने प्रहरीले अनुसन्धान गरिरहेको छ।