१८ वर्षीय किशोरको रूखको गोलियाले किचेर मृत्यु

१८ वर्षीय किशोरको रूखको गोलियाले किचेर मृत्यु

पाँचथरमा रूखको गोलियाले किचेर एक किशोरको मृत्यु भएको छ।

सल्लाको गोलिया पल्टाउने क्रममा त्यसैले किचेर फाल्गुनन्द गाउँपालिका(७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बेको शनिबार मृत्यु भएको हो।

गोलिया पल्टाइरहेका आङदेम्बेलाई अचानक किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।