घट्यो गाडी भाडा, कुन रुटमा कति?

घट्यो गाडी भाडा, कुन रुटमा कति?

सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ।  इन्धनको मूल्य ५ प्रतिशत भन्दा बढीले घटेकासँगै स्वचालित प्रणालीअनुसार सार्वजनिक सवारीको भाडा समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ। इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ ।
 
शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २९ रुपैयाँ अर्थात् १५.१० प्रतिशत घटेको थियो । सो अनुरूप अब यात्रुवाहक सवारीसाधनको भाडा ५.४१ प्रतिशतले घटेको छ ।
 
त्यस्तै पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहकमा ७.६८ प्रतिशत घटेको छ । एक प्रदेशभित्रै अर्थात् स्थानीय रुटमा भने पुरानै भाडा यथावत् रहनेछ ।
 
विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै घटेमा फेरि स्वचालित प्रणाली अनुसार भाडा घट्ने छ भने पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा धेरै बढेमा थप बढ्नेछ ।