धनगढी : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको एजेण्डा बोक्दा हिन्दु राष्ट्र स्थापना हुन नसक्ने भएकाले राजसंस्थाको एजेण्डा छोडेको बताएका छन्।
शनिबार पार्टी संगठन बिस्तार कार्यक्रममा सुदूरपश्चिम पुगेका थापाले पत्रकारहरुसगं कुरा गर्दै राजसंस्थाका कारण हिन्दु राष्ट्र स्थापनामा जनताको साथ नपाएको बताएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महादिवेशनबाट अध्यक्षमा पराजित बनेका थापाले फेरी राप्रपा नेपाललाई पुनर्जागरण गरेकाहुन। महादिवेशनमा पुर्व राजाले आफुलाई असहयोग गरेको आरोप पनि थापाले लगाएका छन ।
पत्रकारहरुको सो प्रश्नमा थापाले अहिले राजासंग कुनै बिमती नरहेको तर राजा नेपाली जनतालाई आवश्यक नरहेको बताए। आम जनताको अपेक्षा अनुसार आफुले राजसंस्थाको एजेण्डा छोडेर हिन्दु राष्ट्रको एजेण्डा अगाडी बढाएको थापाले बताए । थापाले आगामी निर्वाचनबाट राप्रपा नेपाल राष्ट्रिय पार्टी बन्ने दावी गरे ।
जनताका मागको आधारमा हिन्दु राष्टको एजेण्डा लिएर गइरहेको बताउँदै थापाले अब देशको राम्रो शक्तीका रुपमा राप्रपा उदाउने दावी । आगामी निर्वाचनमा आफ्नो पार्टीसंग कुरा मिल्ने पार्टीसंग सहकार्य हुने थापाको भनाई थियो ।