होलसेल व्यवसायी संघ धनगढीकी सचिव कोपिलाको पहलमा करेन्ट लागेर थला परेकाका बसन्तका लागि ३८ हजार बढी संकलन गरी हस्तान्तरण

होलसेल व्यवसायी संघ धनगढीकी सचिव कोपिलाको पहलमा करेन्ट लागेर थला परेकाका बसन्तका लागि ३८ हजार बढी संकलन गरी हस्तान्तरण

धनगढी। 
होलसेल व्यवसायी संघ धनगढीकी सचिव एवं उद्योग वाणिज्य संघकी सदस्य कोपिला कुँवरको पहलमा करेन्ट लागेर थला परेकाका बसन्तका लागि आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ । 

करेन्ट लागेर गम्भीर घाइते भएका र हालसम्म पनि निको हुन नसकेर थला परेकाका राजीपुरका वसन्त बडैलाको उपचारको लागि होलसेल व्यवसायी संघ धनगढीले शुक्रबार नगद ३८ हजार ८ सय १० संकलन गरी हस्तान्तरण गरेको हो। 

डोटी जिल्ला पूर्वीचौकी गाउँपालिका घर भइ हाल कैलालीको गौरीगंगा नगरपालिका ४,राजीपुर बस्दै आएका १५ वर्षीय वसन्त बडैला बैशाख २५ गते सोही ठाउँको कालिका माध्यमिक विद्यालयको छतमा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । बिगत डेढ महिनादेखि उनी भारतको लखनऊको किंगस् गोर्गेज मेडिकल युनिभर्सिटी अस्पतालको आईसीयूमा भर्ना भएका छन् । उपचारको क्रममा उनले दुबै हात गुमाइ सकेका छन् भने भारतीय रुपैयाँ १० लाखसमेत खर्च भईसकेका छ ।

होलसेल व्यवसायी संघ धनगढीकी सचिव एबं उद्योग वाणिज्य संघकी सदस्यसमेत रहेकी कोपिला कुँवर, व्यवसायी संघकी सदस्यद्वय रेखा बास्तोला र इन्दिरा सिटौलाको विशेष पहलमा उक्त रकम संकलन भएको व्यवसायी कोपिला कुँवरले जानकारी दिइन् ।

उपचार गर्दा गर्दै आर्थिक समस्या देखिएपछि एउटा मानवीय धर्म निर्वाह गर्ने अभिप्रायले केहीदिन अगाडि कैलालीको धनगढी उपमहानगरपालिका–३, चटकपुरकी पुष्पा बडैलाले आर्थिक सहयोग अभियानको थालनी गरेकी थिइन् ।