धनगढीमा गाँजामाथिको प्रतिबन्ध हटाउन हस्ताक्षर संकलन अभियान

धनगढीमा गाँजामाथिको प्रतिबन्ध हटाउन हस्ताक्षर संकलन अभियान

धनगढीः सरकारले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्ने भन्दै राख्दै धनगढीमा हस्ताक्षर अभियान थालिएको छ। नेपाल गाँजा वैधानिकता महाअभियान सुदूरपश्चिम प्रदेश समितिले हस्ताक्षर संकलन अभियान थालेको हो। 

विश्वको कतिपय देशले गाजाँलाई वैधानिकता दिएको सकेकोले नेपालमा पनि वैधानिकता प्रदान गरी निश्चित मापदण्ड बनाई आयआर्जनको माध्यम बनाउनुपर्ने माग सहित हस्ताक्षर अभियान थालिएको छन। 

 त्यस्तै गाँजालाई देशको आयआर्जनको माध्यम बनाउनुपर्ने अभियानका अभियन्ताहरुको माग छ। गाँजालाई सरकारले खुला गर्नुपर्ने उनीहरुको भनाइ छ। १० लाख हस्ताक्षर संकलन गर्ने उनीहरुको लक्ष्य छ। उनीहरले धनगढी लगायत प्रदेशका विभिन्न स्थानहरुमा दवाबमुलक कार्यक्रम पनि गर्ने जनाएका छन्।