राजनीतिक दलले बाटो बिराए जनताले हस्तक्षेप गर्छन् : सभामुख सापकोटा

राजनीतिक दलले बाटो बिराए जनताले हस्तक्षेप गर्छन् : सभामुख सापकोटा

 सभामुख अग्नी सापकोटाले भ्रष्टाचार नियन्त्रण गर्न बलियो कानुन आवश्यक रहेको बताएका छन्। ‘संसदीय समिति अभ्यास, पहिलो संसददेखि संघीय संसदसम्म ’ नामक पुस्तकको विमोचन गर्दै सभामुख सापकोटाले भ्रष्टाचार नियन्त्रण गर्न गुणस्तरीय कानुन निर्माणमा आफू लागिरहेको बताए। 

संसदलाई जिवन्त बनाउँदै संविधान र वर्तमान व्यवस्थालाई बलियो बनाउन  क्रियाशिल रहेको सभामुख सापकोटाको भनाइ थियो। सभामुख सापकोटाले भने, निष्ठा र इमान्दारिताका साथ काम गरिरहेको छु। मेरो अरु कुनै स्वार्थ छैन। ’ 

उनले नागरिकता विधयेक यही सदनबाट पारित गर्ने प्रयास भइरहेको र त्यसका लागि आन्तरिक काम भइरहेको बताए। ‘नेपालको लोकतन्त्र, संविधान र स्वाभिमान नेपाली जनताले बचाएका छन्, राजनीतिक दलहरुले बाटो बिराए भने जनताले हस्तक्षेप गर्न सक्छन्, अहिले जनताले त्यसकै संकेत गराइरहेका छन्, सभामुख सापकोटाले भने।  

अमेरिकामा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको अतिवादले प्रजातन्त्र खतरामा परेको र त्यहाँको बलियो राजनीतिक प्रणालीले  प्रजातन्त्र जोगाएको सभामुख सापकोटाको भनाइ थियो।