दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

दक्षिण अफ्रिकाको नाइटक्लबमा मृत भेटिए १७ जना

दक्षिण अफ्रिकाको एक नाइटक्लबमा १७ जना मानिस मृत फेला परेका छन्।

समाचार संस्था रोयटर्सका अनुसार दक्षिण सहर इस्ट लन्डनमा आइतबार बिहान नाइटक्लबमा उनीहरू मृत भेटिएका हुन्।

मृत्यु हुनेहरू १८ देखि २० वर्षसम्मका युवा छन्। उनीहरूको मृत्यु कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ।