मन्त्री आलेद्वारा राजीनामा, ‘आफ्नाे कामबाट ९० प्रतिशत सन्तुष्ट छु’

मन्त्री आलेद्वारा राजीनामा, ‘आफ्नाे कामबाट ९० प्रतिशत सन्तुष्ट छु’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले मगरले राजीनामा दिएका छन ।

आज आइतवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री आले मगरले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त सुनाउँदै राजीनामा दिनुभएको हो । उनले आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट रहेको बताए । 

गठबन्धन सरकारमा आलेले २०७८ सालको असोज २२ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको जिम्मेवारी पाएका थिए । आज राजीनामा दिँदै उनले आफ्नो कार्यकालमा पर्यटन, नागरिक उड्डयन र संस्कृतिको विषयमा थुप्रै काम भएको दाबीगरेका छन ।