आजको मौसम

आजको मौसम

मनसुन देशभर फैलिएको छ । प्रदेश-१ बाट गएको जेठ २२ गते नेपाल भित्रिएको मनसुन अहिले देशभर नै फैलिएको छ ।
सुदूरपश्चिममा हिजो प्रवेश गरेसँगै मनसुन देशभर फैलिएको हो ।
मनसुनि गतिविधि सक्रिय रहेकाले आज देशका धेरै ठाउँमा दिनभरजसो नै झरी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिए । उनका अनुसार केही ठाउँमा ठूलो वर्षा हुने अनुमान गरिएको छ । अहिले देशभरको मौसम बद्ली भएर धेरै ठाउँमा पानी परिरहेको छ ।
प्रदेश-१, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ । 
यतिबेला खेतीपातीको काम गर्ने समय भएकाले खोला तथा नदी आसपास जाँदा वा भिरालो जमिनबाट ओहोरदोहोर गर्दा र यात्रा गर्दा सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।