आईजीपीविरुद्धको मुद्दाको सुनुवाइ आज

आईजीपीविरुद्धको मुद्दाको सुनुवाइ आज

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाई हुँदैछ।

असार ५ गते सुनुवाइ भएको मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजालसमा सुनुवाइ भइरहेको छ।

सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो। आफूभन्दा जुनियरलाई आईजीपी बनाइएको भन्दै एआईजी पोखरेलले २०७९ वैशाख १९ सर्वोच्चमा रिट दायर गरेका थिए।