दार्चुला : दार्चुला–तिंकर सडक निर्माणमा संलग्न कामदारको भीरबाट लडेर मृत्यु भएको छ ।
व्याँस गाउँपालिका–२ मालगाउँस्थित नाकुरीधार क्षेत्रमा सडक निर्माणका क्रममा भीरबाट लडेर नौगाड गाउँपालिका–४ सिप्टीका अन्दाजी ४५ वर्षिय जय बहादुर धामीको मृत्यु भएको साइट हेर्ने वीरेन्द्र सिह धामीले जानकारी दिए ।
धामी सोमवार विहान १० बजेतिर भीरबाट करिब ५ सय मिटर तल खसेको तथा घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।