बिहानैदेखि भारी वर्षा भएका कारण विभिन्न विमानस्थलहरूमा उडान अवरुद्ध भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, भारी वर्षाका कारण उडान अवरुद्ध भएका हुन् ।
पोखरा, धनगढी, विराटनगर, भैरहवा, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विराटनगरमा भने उडान शुरू भएको छ ।
काठमाडौंको मौसम राम्रो भएपनि अन्य ठाउँमा मौसममा खराबी आउँदा उडान रोकिएको विभानस्थलले जनाएको छ ।