कञ्चनपुरमा चट्याङमा परी तिन जनाको मृत्यु

कञ्चनपुरमा चट्याङमा परी तिन जनाको  मृत्यु

कञ्चनपुरमा तिन जनाको चट्याङमा परी ज्यान गएको छ । जिल्लाको कृष्णपुर नगरपालिका ५ बस्ने वर्ष ४८ का पुनाराम चौधरीको चट्याङ परी मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेती कैलालीले जनाएको छ ।

कैलालीको गोदावरी नगरपालिका ३ मालाखेती रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाई गर्न गएका उनको बिहान परेको चट्याङका कारण मृत्यु भएको हो । 
यस्तै पुनर्वास नगरपालिकाका ८ मा चट्याङ लागेर  सालिभान थापाकी श्रीमती शारदा थापाको समेत मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। 
खेतमा काम गर्दा गर्दै चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रमुख प्रहरी निरीक्षक मल्लले बताए। 

यस्तै जिल्लाको पुनर्वास नगरपालिका ६ का एक जना पुरुषको पनि  चट्याङकै कारण मृत्यु भएको थियो । पुनर्वास नगरपालिका ६ प्रतिभानगरका अन्दाजी ३६ बर्षीय देवेन्द्र श्रेष्ठको आज बिहान मृत्यु भएको हो ।
बिहान आएको वर्षा सँगै चट्याङमा परि उनको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले जनाएको छ ।