घोडाघोडी नगरपालिकाकोे अस्थायी र करार कर्मचारीलाई काममा नआउन आदेश

घोडाघोडी नगरपालिकाकोे अस्थायी र करार कर्मचारीलाई काममा नआउन आदेश

कैलाली : कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेश दिएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै श्रावण १ गतेबाट अस्थायी, करार तथा दैनिक ज्यालादारी कार्यरत कर्मचारीलाई काममा नआउन आदेश दिएको हो । 

‘यस नगरपालिकाका अन्तरगतका सम्पूर्ण कार्यालयहरुमा कार्यरत कर्मचारीहरूलाई आगामी आर्थिक वर्ष २०७९र०८० श्रावण १ गते देखी म्याद थप भएको पत्र प्राप्त नहुँदा सम्म कार्यालयमा हाजिर नगर्न रनगराउन जानकारी गराइन्छ,’नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ ।

 

No description available.