बुद्ध एयरले सुरु गर्‍यो धनगढीबाट उडान

बुद्ध एयरले सुरु गर्‍यो धनगढीबाट उडान

आफ्ना सम्पूर्ण उडानहरू काठमाडौँबाट सञ्चालन गर्दै आएको बुद्ध एयरले आजदेखि धनगढीबाट पहिलो उडान सुरु गरेको छ । यसअघि काठमाडौँबाट जहाज आएपछि मात्र यहाँबाट यात्रुहरू काठमाडौँ उड्न पाउँथे । आजदेखि भने त्यो बाध्यताको अन्त्य भएको छ ।

बुद्ध एयरले आजदेखि पहिलो उडान धनगढी– काठमाडौँ सुरु गरेको हो । आज पहिलो उडान भर्न हिजै बुद्ध एयरको जहाज धनगढी आइपुगेको छ ।बुद्ध एयरको जहाजले अव हरेक दिन बिहान ६ बजेर १५ मिनेटमा धनगढीबाट उडान भर्नेछ ।

यद्यपि पहिलो दिन आज मौसमको खराबीका कारण ८ बजेर नौ मिनेटमा बुद्ध एयरको जहाजले धनगढीबाट काठमाडौँका लागि उडेको थियो । ७२ सिट क्षमता भएको जहाजमा आज ६४ जनाले यात्रा गरेको बुद्ध एयर धनगढीका इन्चार्ज बुधराम माझीले बताए ।

बुद्ध एयर धनगढीका इन्चार्ज माझीले आजदेखि नियमित रूपमा बुद्ध एयरले धनगढी– काठमाडौँ रुटमा उडान भर्ने जानकारी दिए । पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेको निर्देशन तथा निर्णयपछि बुद्ध एयर लगायतका हवाई कम्पनीले काठमाडौँ भन्दा बाहिरका विमानस्थलबाट आजदेखि हवाई सेवा सुरु गरेका हुन् ।