एमाले कैलाली अध्यक्ष थापा जिम्मेवारी बाट हटाइए

एमाले कैलाली अध्यक्ष थापा जिम्मेवारी बाट हटाइए

धनगढी । नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापा लाई पार्टी अध्यक्षको जिम्मेवारी बाट हटाइएको छ । 
पार्टीको सिद्धान्त र निति विपरित कार्य गरेको भन्दै उनलाई जिम्मेवारी बाट हटाइएको बताइएको छ ।

नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटीका सचिव धर्मराज पाठकका अनुसार प्रदेश कमीटीले उनलाई कार्वाही गरेको हो । यस अघी उनलाई स्पष्टीकरणको मौका समेत दिइएको थियो । 
स्थानिय तह निर्वाचनमा अन्तरघात गरेको , आफ्नो पार्टीका आधिकारिक उम्मेद्धारलाई असहयोग गरेको, गतल आचरण प्रस्तुत गरेको लगायतका आरोप उनिमाथी लगाईको थियो । त्यही लगायतका कुरालाई लिएर उनलाई कावाही गरिएको छ ।