कैलालीको कान्द्रा नदीमा हाम फालेकी महिलाको शव भेटियो

कैलालीको कान्द्रा नदीमा हाम फालेकी महिलाको शव भेटियो

  कैलाली : कैलालीको कान्द्रा नदीमा  १२ गते हाम फालेकी एक महिलाको शव भेटिएको छ। प्रहरीका अनुसार आइतबार १२ गते भजनी नगरपालिका(५ की ४० वर्षीया रीमा डगौराले कान्द्रा नदीमा हाम फालेकी थिइन्। डगौराको  शव आज  मोहना नदीमा भेटिएको हो ।

 उनले नदीमा हाम फालेको भन्दै आफन्तले नै प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सो बारे जानकारी पाउनासाथ खोजी कार्य सुरु गरेको थियो। उनको शव आज टीकापुर नगरपालिका(७ स्थित मोहना नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

मृतक रीमाका श्रीमान जयराम डगौराले उक्त शव रीमाकै भएको बताएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। शव पोस्टमार्टमका लागि टीकापुर अस्पाताल पठाइएको र घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए।