वामदेव गाैतमद्वारा नयाँ दल घाेषणा

वामदेव गाैतमद्वारा नयाँ दल घाेषणा

नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गरेका छन ।

काठमाण्डौमा आज मङ्गलवार एक कार्यक्रम गरेर गौतमले आफ्नै संयोजकत्वमा नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान दल घोषणा गरे । दलको संयोजकमा स्वयम् वामदेव गौतम हुनुहुन्छ भने सचिवमा डीबी कार्की रहने छन।

गौतमको नेकपा एकता राष्ट्रिय अभियान दलमा समाजवादी केन्द्र नेपाल, आधुनिक नेपाल समाजवादी पार्टी, नेकपा राष्ट्रवादी र निर्वाचन आयोगमा दर्ता नभएका आम नेपाली पार्टी र स्वतन्त्र वामपन्थी समूह पनि एकीकरण भएका छन् ।

वामदेवले नयाँ पार्टीमा श्रीमती तुलसा थापा र छोरा हरिसदेव गौतमलाई पनि केन्द्रीय सदस्यमा नियुक्त गरेका छन । तुलसा थापा अहिले पनि नेकपा एमालेको तर्फबाट सांसदछन।