हावाहुरीले घर भत्किँदा एक वृद्धा घाइते

हावाहुरीले घर भत्किँदा एक वृद्धा घाइते

धनगढीमा बुधबार बिहान परेको पानी र हावाहुरीले घर भत्किँदा एक वृद्धा घाइते भएकी छिन्। घाइते हुनेमा उपमहानगरपालिका-२ रामजानकी टोलकी ७१ वर्षीया देवादेवी ओझा रहेकी प्रहरीले बताएको छ।

आज बिहान उनको ईटाको, टायलले छाएको एक तले कच्ची घर भत्किएर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते ओझालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको बताइएको छ।