धनगढी : धनगढीमा वेस्र्टन मिट मार्ट एण्ड कोल्ड स्टोर सञ्चालनमा आएको छ। उपमहानगरपालिका(४ सहिद गेट नजिकै स्वच्छ स्वस्थ मासु उपलब्ध गराउनका लागी कोल्ड स्टोर सञ्चालनमा आएको हो।
बुधबार धनगढी उपमहानगरपालीकाकी उप प्रमख कन्दकला कुमारी रानाले उक्त कोल्ड स्टोरको उदघाटन गरेकी हुन्। धनगढीमा ६४ लाखको लगानीमा पहिलो कोल्ड स्टोर सञ्चालनमा ल्याइएको बताइएको छ।
धनगढी बासीका लागी स्वस्थ मासु उपलब्ध गराउने उद्ेश्यका साथ २८ लाख ५० हजार धनगढी उपमहानगरपालीकाको र ३५ लाख ५० हजार व्याक्तिगत लगानीमा सुरुवात गरेको सञ्चालक पारस बाहुनले बताए। कोल्ड स्टोरको स्टोर क्षमता ९ हजार किलो रहेको सञ्चालक बाहुनले बताए।
हाल स्टोरको क्षमता ९ हजार किलो रहेको भएको कोल्ड स्टोरको क्षमाता आगामी वर्षमा २० हजार किलोको बनाई देशका विभिन्न सहरमा मासु उपलब्ध गराउने लक्ष्य रहेको संचालक बाहुको भनाई छ।